अन्ततः खाली भयो थापाथलीको सुकुमबासी बस्ती, गैरीगाउँमा पनि हटाउने तयारी
आज थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ।
सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसोबास गर्दै आएका मानिसहरू अन्यत्र सरेका हुन्। सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्। बस्ती खाली गराउँदा कुनै पनि वाधा अड्चन तथा विरोध भएको छैन् ।



तपाईको प्रतिक्रिया दिनुहोस