Techie IT
२०८३ वैशाख १४, सोमबार

जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु


सांकेतिक

मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ। भारतको तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको मंगलबार जोमसोममा ज्यान गएको हो।

भानु मठ्ठीसहित २४ जनाको भारतीय टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम पुगेको थियो। मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित जोमसोममा होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा उनलाई एक्कासि लेक लागेर श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरीका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याइएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको भदौदेखि हालसम्म उच्च हिमाली क्षेत्र (हाइ अल्टिच्युड) का कारण लेक लागेर पाँच विदेशीसहित आठ जनाको मृत्यु भइसकेको छ। प्रहरी तथ्यांकअनुसार मृतकमध्ये चार भारतीय, एक मेक्सिकन र तीन नेपाली रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट