Techie IT
२०८३ भाद्र १९, शुक्रबार

स्पाको आवरणमा बालिकामाथि यौन शोषण, सानेपाबाट सञ्चालिका कुमाल पक्राउ


ललितपुर । 'स्पा' को आवरणमा नाबालिकालाई प्रलोभन र दबाबमा पारेर अनैतिक (यौनजन्य) कार्यमा लगाउने एक महिला सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–२, सानेपास्थित अरुण थापा चोकमा 'शुकल्प स्पा एण्ड थेरापी' सञ्चालन गर्दै आएकी गोरखाको सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन कुमाललाई प्रहरीले पक्राउ गरेको हो।

कुमालले आफ्नो स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई आर्थिक प्रलोभन तथा अन्य विभिन्न दबाबमा पारी सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबर्जस्ती अनैतिक कार्यमा संलग्‍न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बालिकालाई बन्धक जस्तै बनाएर यौन शोषणमा धकेलेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेकी कुमालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिई उनीमाथि हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट