Techie IT
२०८३ भाद्र १९, शुक्रबार

जेलमुक्त हुन ११ दिन बाँकी छँदा खोटाङ कारागारमा एक कैदीको शङ्कास्पद मृत्यु!


 जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक २३ वर्षीय कैदीको सुतेकै अवस्थामा रहस्यमय मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित कारागारमा रहेका साकेला गाउँपालिका–४, मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो।

कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते बेलुकाको खाना खाएर सुतेका राई मध्यराति ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए।

राई बेहोस फेला परेपछि कारागार प्रशासनले उनलाई राति नै जिल्ला अस्पताल पुर्‍याएको थियो। तर, अस्पतालका चिकित्सक डा. पुष्कल राईले उनलाई तत्कालै मृत घोषणा गरे। अस्पताल ल्याइपुर्‍याउनु अघि नै उनको मृत्यु भइसकेको डा. राईले बताए।

चिकित्सकका अनुसार मृत्युको स्पष्ट कारण अझै खुलिसकेको छैन। शव परीक्षण (पोस्टमार्टम) को रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ।

मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए। तोकिएको जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुने तयारीमा थिए। सजाय अवधि सकिएर घर फर्किनै लाग्दा कारागारभित्रै भएको उनको मृत्युलाई रहस्यमय रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट