Techie IT
२०८३ भाद्र १९, शुक्रबार

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउने दुई युवा पक्राउ


मोरङको रंगेलीबाट प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।

रंगेली नगरपालिका वडा नम्बर ६ स्थित पुरानो भन्सार टोलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ घर भई हाल मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थान बस्ने २० वर्षीया भूमिका फागो रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनीहरूले लागूऔषध लुकाउन अपनाएको नयाँ शैली फेला पारेको थियो। दुवै जनाले आफ्नो मलद्वार (रेक्टम) भित्र लुकाएर ल्याएको कालो प्लास्टिकको पोका प्रहरीले बरामद गरेको हो। उक्त पोका खोलेर हेर्दा कुल २६.५१ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको लागूऔषधमध्ये सम्योकको साथबाट प्लास्टिकबाहेक १५ ग्राम ४४ मिलिग्राम र भूमिकाको साथबाट ११ ग्राम ७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट