Techie IT
२०८३ असोज २५, आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


एक २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय बिशेष न्यौपाने रहेका छन्।

महिलालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बाँकेको बैजनाथ गाउँपालिका-५, जी गाउँबाट शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट