१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
तनहुँ, १२ भदौ: १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–९ बस्ने ३४ वर्षीय इश्वर भुजेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पीडित बालिकालाई जबरजस्ती करणी गरिएको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस