Techie IT
२०८३ भाद्र १९, शुक्रबार

चमत्कारिक उद्धार: को हुन् सुरुङभित्र १० दिनदेखि फसेका साह र महर्जन ?


सुरुङभित्र १० दिनदेखि फसेका सञ्जय साह

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

शुक्रबार बिहान गरिएको सफल उद्धार कार्यमा नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी सञ्जय साह र आयोजनाका सुपरभाइजर कविर महर्जनलाई सकुशल बाहिर निकालिएको हो। आयोजना प्रमुख आवास ओझाले उनीहरूको जीवितै उद्धार भएको पुष्टि गरेका छन्।

यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो। सुरुङभित्र मान्छे जीवित रहेको सङ्केत र स्पष्ट आवाज पाएसँगै नेपाली सेना र सुरक्षाकर्मीको उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र पारेको थियो।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मत कार्य भइरहेको समयमा बाढी आएका कारण उनीहरू सुरुङभित्रै फस्टिन पुगेका थिए। १० दिनसम्म सुरुङभित्र जीवितै रहन सफल उनीहरूको यो उद्धारलाई एक ठूलो चमत्कारिक सफलताको रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट