Techie IT
२०८३ भाद्र २१, आइतबार

खोटाङको दिक्तेलस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला


खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल मैदान निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ उक्त विस्फोटक पदार्थ भेटिएको हो ।

फेला परेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्रै निष्कृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति तथा प्रमुख सेनानी पवन कार्कीले जानकारी दिएका छन् । सशस्त्र द्वन्द्वकालमा उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेकाले त्यसैबेला विस्फोटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताएकी छन् ।

रात्रिकालीन समयमा निष्कृय पार्ने अनुकूल समय नभएकाले हाललाई सुरक्षा सावधानी अपनाउन र सो आसपासका क्षेत्रमा आवतजावत नगर्न स्थानीयलाई आग्रह गरिएको छ । सो बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्दै आएका थिए ।

द्वन्द्वकालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको उक्त बेसक्याम्प पछि अन्यत्र सारिएको थियो । व्यक्तिको जग्गामा रहेको उक्त क्याम्प हटेपछि स्थानीयले खेतीपाती वा अन्य निर्माण कार्य गर्दा बेलाबेलामा यस्ता विस्फोटक पदार्थ भेट्ने गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट