Techie IT
२०८३ असोज २, शुक्रबार

जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ


बझाङमा जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमलादेवी रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्दै गरेको भिडियो तथा आरोपका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेक जोराले जानकारी दिएका छन्। हाल उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानबाट उक्त कुकुर करिब दुई सातादेखि बिरामी रहेको खुलेको छ। कुकुरको शरीरको पछाडिको भाग पाकेर दुर्गन्ध आएको र बाटोमा हिँड्ने मानिसहरूलाई टोक्न थालेपछि आफूले पुलबाट नदीमा फालेको रोकायाले प्रहरी समक्ष बताएकी छन्। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट