काभ्रेमा नेपाल प्रहरीद्वारा बाढी पहिरो प्रभावितहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रेपलाञ्चोकको मण्डन देउपुरस्थित बालुवापाटी माध्यमिक विद्यालयमा नेपाल प्रहरीले बाढी र पहिरोबाट प्रभावित व्यक्तिहरूको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। यस शिविरमा बाढी र पहिरोको कारण स्वास्थ्य समस्या भोगिरहेका स्थानीयहरूले निःशुल्क स्वास्थ्य जाँच र उपचार सेवा प्राप्त गरेका छन्।
नेपाल प्रहरीले विपद्को समयमा नागरिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै यस प्रकारको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो। शिविरमा विभिन्न स्वास्थ्य परीक्षण, औषधि वितरण, र आवश्यक सल्लाहहरू प्रदान गरिएको थियो । शिविरबाट स्थानीय बासिन्दाहरूले ठूलो लाभ लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस