Techie IT
२०८२ फागुन २१, बिहीबार

नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने


एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ । आगमी साउन २४ देखि २७ गतेसम्म भारतको बिहारस्थित राजगीर रंगशालामा हुने प्रतियोगिताका लागि नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

घोषित टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेका छन्।

टोलीले साउन २२ गते भारत प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि टोलीलाई हाल सर्लाहीको राधाकृष्ण खेलमैदानमा सावित्री पुर्जाको नेतृत्वमा प्रशिक्षण दिइँदै आएको छ। नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेका अनुसार भारतको मौसमसँग मेल खाने वातावरणका बीच टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमै तयारी गराइएको हो।

उक्त प्रतियोगितामा एसियाका विभिन्न ११ देशका टोलीबीच प्रतिस्पर्धा हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट