Techie IT
२०८३ वैशाख ११, शुक्रबार

एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल आज साउदी अरेबियासँग भिड्दै


नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेल साउदी अरेबियासँग खेल्दैछ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल दिउँसो १:४५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ, साउदी अरेबियाले पहिलो खेलमा बलियो उत्तर कोरियासँग १५–० को ठूलो हार बेहोरेको छ। नेपालले आगामी खेलमा दुईपटकको विश्व च्याम्पियन उत्तर कोरियासँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतियोगितामा प्रत्येक समूहको विजेता टोली सीधा एसियन कपका लागि छनोट हुनेछ। साथै, सबै समूहका टोलीहरू मध्ये २ उत्कृष्ट उपविजेताले पनि एसियन कपमा स्थान पाउने प्रावधान छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट