Techie IT
२०८२ कार्तिक २३, आइतबार

साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा


अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ।

अगस्त २० देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देश सहभागी हुनेछन्। प्रतियोगितामा हरेक टिमले एक अर्कासँग दुई–दुई खेल खेलेपछि सर्वाधिक अंक जुटाउने टिम विजेता बन्नेछ।

नेपालको खेल तालिका यस प्रकार छ:

अगस्त २० – भारतसँग

अगस्त २२ – भुटानसँग

अगस्त २४ – बंगलादेशसँग

अगस्त २७ – बंगलादेशसँग

अगस्त २९ – भारतसँग

अगस्त ३१ – भुटानसँग

नेपाली टिम:

गोलकिपर – झरना दुमराकोटी, लक्ष्मी ओली, गङ्गा गुरुङ

डिफेन्डर – दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु विक

मिडफिल्डर – डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल

फरवार्ड – अस्मिता मगर, यम कुमारी विक, अनिता राना मगर, दिक्षा रानपाल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट