Techie IT
२०८२ फागुन २०, बुधबार

जेनजी आन्दोलन असरः भिसा ढिलाइले नेपाली क्रिकेट टोलीको युएई प्रस्थान स्थगित


वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जान लागेको नेपाली क्रिकेट टोलीको प्रस्थानमा ढिलाइ भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शुक्रबार बिहान युएई जाने कार्यक्रम थियो। तर भिसा नआएकाले टोलीको उडान स्थगित भएको हो।

लामाले भने, “अनलाइनमार्फत भिसा आवेदन दिन समस्या भएको कुरा सबैलाई थाहा छ। हामीले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौँ। हाल युएई सरकार, त्यहाँको क्रिकेट बोर्ड र आइसिसीसँग निरन्तर समन्वय भइरहेको छ। भिसा प्राप्त हुनेबित्तिकै टोली युएई प्रस्थान गर्नेछ।”

नेपाली टोलीले असोज ११ देखि शारजाहमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ। सिरिजको तयारीका लागि टोली एक साताअघि नै त्यहाँ पुगेर अभ्यास गर्ने योजना थियो।

नेपाल पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी–२० सिरिज खेल्न लागेको हो। ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि यो सिरिजलाई महत्वपूर्ण मानिएको छ।

नेपालले वेस्ट इन्डिजसँगको सिरिज खेलेपछि त्यतैबाट विश्वकप छनोट खेल्न ओमान प्रस्थान गर्नेछ। नौ टोली सहभागी हुने छनोट प्रतियोगितामा शीर्ष तीनमा पर्न सके नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा प्रवेश गर्नेछ।

सिरिज तालिका (शारजाह)

पहिलो टी–२० : असोज ११

दोस्रो टी–२० : असोज १३

तेस्रो टी–२० : असोज १४

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

वेस्ट इन्डिज टोली : अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा, रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट