Techie IT
२०८२ फागुन २०, बुधबार

जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले शुक्रबार नयाँ लोगो सार्वजनिक गरेको छ। मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कृतिको प्रतिबिम्ब बन्ने उद्देश्यसहित सार्वजनिक गरिएको उक्त लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास बोल्ट्सले जनाएको छ।

बोल्ट्सका अनुसार यो लोगो टिमको मात्र होइन, मधेशका जनता, उनीहरूको पहिचान र क्रिकेटप्रतिको आत्म–स्वाभिमानको प्रतीक बन्नेछ।

ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले गत वर्ष आयोजित पहिलो संस्करणमै उपाधि जितेको थियो। फाइनलमा लाहिरु मिलान्थाले ४९ बलमा ८७ रनको विस्फोटक इनिङ्स खेलेपछि जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। सो प्रतियोगितामा ललित राजवंशी उत्कृष्ट बलर र जिम्मी निसम मोस्ट पावरफुल हिटर घोषित भएका थिए।

नयाँ लोगोबारे बोल्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पहिचान र सांस्कृतिक आत्मसम्मान, मधेश प्रदेशको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक विविधतालाई लोगोमा उतारिएको छ। क्रिकेट भावना, प्रतिस्पर्धा र विजयको मौसमले देखाएको आत्मविश्वास अब लोगो र ब्रान्डिङमार्फत अझ दृढ हुनेछ। यो लोगोले दृढ र साहसी शैलीसहित उत्साहपूर्ण प्रस्तुतिको वाचा पूरा गर्नेछ।”

बोल्ट्सले नयाँ लोगो सार्वजनिक हुनु टोली, समर्थक र सम्पूर्ण मधेशका लागि साझा गर्वको विषय भएको जनाएको छ। क्लबका अनुसार यो यात्राको अर्को कोसेढुंगा हो, जसले टोलीको परिचयलाई अझ बलियो बनाउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट