Techie IT
२०८२ फागुन २०, बुधबार

नेपाल क्रिकेट टोलीको ओमानमाहुने वार्म–अप खेल तालिका सार्वजनिक


आईसीसी टी–२० विश्वकप छनोट सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमा दुई अभ्यास खेल खेल्ने भएको छ। नेपालले ओमान र कतारसँग वार्म–अप खेल खेल्ने तयारी गरेको हो।

ओमान क्रिकेटले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले ओमानसँग शनिबार र कतारसँग सोमबार खेल्नेछ।

ओमान र नेपालबीचको अभ्यास खेल शनिबार बेलुका पौने ९ बजेबाट सुरु हुनेछ भने कतार र नेपालबीचको खेल सोमबार अपरान्ह सवा ४ बजे रहेको छ ।

टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुनेछ। समूह चरणमा नेपालले जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोली:
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट