Techie IT
२०८२ असोज २२, बुधबार

Men's T20 World Cup Asia–EAP

आइसिसी पुरुष टी–२० विश्वकप छनोटमा आज नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्दै

सुपर–६ को शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्


आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इएपी छनोट अन्तर्गत नेपाल आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

ओमानमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल राति ८:४५ बजे कुवेतविरुद्ध खेल्नेछ। एसिया र एसिया–प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। यस छनोटबाट तीन टोलीले आगामी वर्ष फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछन्।

नेपाल समूह ‘२’ मा कुवेत र जापानसँग छ। समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर–६ चरणमा प्रवेश गर्नेछ।

सुपर–६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीन स्थानमा पर्नु आवश्यक हुनेछ। एसिया छनोटको अन्य समूहहरूमा मलेसिया, कतार र युएई (समूह–१) तथा ओमान, पिएनजी र सामोआ (समूह–३) रहेका छन्। तीनै समूहका शीर्ष दुई–दुई टोली सुपर–६ मा प्रवेश गरी एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

तर, आफ्नै समूहबाट अघि बढेका टोलीहरूबीच सुपर–६ मा खेल नहुनेछ। त्यसैले समूह चरणमा जितिएका अंकहरू सुपर–६ मा पनि गनिने भएकाले प्रारम्भिक खेलहरू नेपालका लागि अत्यन्तै महत्वपूर्ण हुनेछन्।

सुपर–६ को शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्। त्यस्तो अवस्थामा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकपमा सहभागी हुने हुनेछ।

भर्खरै युएईको शारजाहमा वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज २–१ ले जितेर ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली टोली फेरि अर्को इतिहास रच्ने लक्ष्यसहित ओमान पुगेको छ।

१७ टोलीले विश्वकपका लागि स्थान पक्का गरिसकेका छन्। बाँकी टोली यस छनोटबाट चयन हुनेछन्।

समूह विभाजन:

समूह १ – युएई, मलेसिया, कतार

समूह २ – नेपाल, कुवेत, जापान

समूह ३ – ओमान, पिएनजी, सामोआ

नेपालका खेलहरू:

नेपाल बनाम कुवेत : असार २२ (बुधबार), राति ८:४५ बजे

नेपाल बनाम जापान : असार २४ (शुक्रबार), दिउँसो ४:१५ बजे

नेपाली टोली:

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट