Techie IT
२०८२ फागुन २०, बुधबार

टी-२० विश्वकपमा छनोट भएपछि के भने कप्तान रोहित पौडेलले ?


नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी–२० विश्वकप खेल्ने सपना पूरा भएको बताएका छन्। बुधबार मध्यराति सम्पन्न खेलमा ओमानमाथि जित हासिल गरेपछि उनले एक वर्षअघि देखेको सपना पूरा भएको बताए।

“हामीले झन्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भयो, म शब्दमा बयान गर्न सक्दिनँ। यस क्षणले टिमलाई खुसी बनाएको छ,” उनले भने।

पौडेलले यस प्रतियोगिता महत्वपूर्ण भएकाले त्यसैअनुसार खेल्दा नतिजा हासिल भएको बताएका छन् । उनले अब ट्रफी जित्ने लक्ष्य रहेको पनि स्पष्ट पारे।

कप्तान पौडेलले यस यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन्। “खेलाडीदेखि अफिसियलसम्म सबैको महत्वपूर्ण भूमिका छ। सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

साथै कप्तानले भारतमा हुने विश्वकप भएकाले धेरै नेपाली खेल हेर्न मैदानमा उपस्थित हुने विश्वास व्यक्त गरे। “धेरै नेपालीहरू भारतमा हुनुहुन्छ, नेपालबाटै जानेहरू पनि धेरै हुन्छन्। मैदानमा राम्रो वातावरण बन्ने उनले विश्वास गरेका छन् । 

नेपाल र ओमान दुवै टोलीले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट