Techie IT
२०८२ फागुन २०, बुधबार

यू–१७ महिला एसियाकप छनोटमा नेपाल १२–० ले थाइल्यान्डसँग पराजित


नेपालले यू–१७ महिला एसियाकप छनोटमा शुक्रबार थाइल्यान्डसँग ठूलो अन्तरको हार बेहोरेको छ। थाइल्यान्डको चोनबुरीमा भएको खेलमा नेपाल १२–० ले पराजित भएको हो।

समूह ‘एफ’मा भएको यस पराजयसँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ। यो नतिजासँगै नेपाल १ अंकमा सीमित रहँदै तीन टिममध्ये दोस्रो स्थानमा रह्यो। यसअघि नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो।

थाइल्यान्ड भने दुई खेलबाट ६ अंकसहित समूह विजेता बन्दै यू–१७ एसियाकपका लागि छनोट भएको छ। थाइल्यान्डले यसअघि तुर्कमेनिस्तानलाई १७–० ले पराजित गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट