बझाङी समाज काठमाडौंद्वारा जावलाखेलमा खुला भलिबल प्रतियोगिता हुँदै
बझाङी समाज काठमाडौंले ललितपुरको जावलाखेल भलिबल केन्द्रमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
‘बझाङी समाज काठमाडौं शुभकामना तथा सौराई कप २०८२’ नाम दिइएको उक्त प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु भई कार्तिक २९ गतेसम्म चल्नेछ।
आयोजक समितिले काठमाडौंमा बसोबास गर्ने सम्पूर्ण बझाङका खेलप्रेमी तथा भलिबल टोलीहरू (पुरुष) लाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको छ।
टिम दर्ता शुल्क रु. ५,००० तोकिएको छ। इच्छुक टोलीहरूले कार्तिक २५ गते साँझ ५ बजे भित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई ट्रफीसहित पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीको लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक बझाङी समाज काठमाडौंले रैवारप्रेससँग जानकारी दिएको छ।
विस्तृत सूचना हेर्नुहोस्-
.jpeg)



तपाईको प्रतिक्रिया दिनुहोस