Techie IT
२०८३ वैशाख ११, शुक्रबार

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म कर्णालीमा हुने


दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औं बोर्ड बैठकले सो मिति तय गरेको हो।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता आयोजना नगर्ने खेल संघहरूलाई तीन महिनाभित्र प्रतियोगिता गर्न निर्देशन दिने, खेल संघहरूले घोषणा गरेका खेलाडीका सुविधा र पुरस्कार १५ दिनभित्र वितरण गर्नुपर्ने, र वैदेशिक भ्रमणको प्रतिवेदन राखेपमा पेस गर्नुपर्ने निर्णयसमेत गरिएको छ।

बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल लगायत बोर्ड सदस्यहरूको उपस्थिति थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट