Techie IT
२०८२ कार्तिक २५, मंगलबार

हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बने


हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ घोषणा भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सुदूरपश्चिम रोयल्सले आइतबार र सोमबार आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट चयन भएका हुन्।

धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको उक्त ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० खेलाडी सहभागी भएका थिए। जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा खेलाडी छनोट गरेको थियो।

हिक्मत अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्नेछन्। ‘आइकोनिक’ बाहेक पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ। यसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला रहेका छन्।

प्रतियोगितामा हिक्मतले अधिकतम १३१ किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गर्दै पहिलो स्थान प्राप्त गरे भने अभिषेकले १२५ किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गर्दै तेस्रो स्थान हासिल गरे।

सुदूरपश्चिम रोयल्सको टोली:

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षक: जगत टमटा

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट