Techie IT
२०८२ मंसिर ४, बिहीबार

एनपीएल: लुम्बिनीले रोज्यो फिल्डिङ, चितवन राइनोज ब्याटिङमा गर्दै


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्सले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा चितवन राइनोजसँगको खेलमा फिल्डिङ गर्ने निर्णय गरेको छ । टस जितेर कप्तान रोहित पौडेलले चितवनलाई ब्याटिङका लागि बोलाएका हुन्।

चितवनले अघिल्लो खेलको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। विपिन आचार्यको स्थानमा अमरसिंह राउटेलालाई मौका दिइएको छ। टोलीमा कप्तान कुशल मल्लसहित दीपक बोहरा, डेबिड मलान, देव खनाल, रवि बोपारा, सैफ जैब, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, सोहेल तान्बिर र विपिन आचार्य रहेका छन्।

लुम्बिनी टोलीमा कप्तान रोहित पौडेलसहित डी’आरसी शर्ट, दिलीप नाथ, सन्दीप जोरा, गुल्बदिन नैब, समिर अली, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकार, रुबेन ट्रम्पलमन र जे स्मिट प्लेइङ ११ मा छन्। लुम्बिनीको प्रशिक्षक भारतका पूर्व तीव्र बलर टिनु योहानान रहेका छन्।

लुम्बिनीको यो एनपीएलमा पहिलो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। १६७ रनको लक्ष्य चितवनले ५ बल अगाडि १७१ रन बनाउँदै पुरा गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट