Techie IT
२०८२ मंसिर ५, शुक्रबार

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एक मात्र खेल हुने भएको छ। दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

पोखरा एभेन्जर्स नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रनेछ भने सुदूरपश्चिम रोयल्स राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहनेछ।

कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यानको रूपमा चिनिन्छन्। अघिल्लो खेलमा उनले हानेको शक्तिशाली सिक्स स्टार स्पोर्ट्सको कमेन्ट्री बक्सको सिसासम्म फुटाएको दृश्य भाइरल बनेको थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र ऐरी उत्कृष्ट अलराउन्डर हुन्। बल, ब्याट र फिल्ड तीनै विभागमा उनी विपक्षीका लागि चुनौती मानिन्छन्। यी दुई बलिया कप्तानका कारण आजको खेललाई विशेष रुचिकर मानिएको छ।

अंकस्थिति

एक–एक खेल खेलेपछि विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई–दुई अंक जोडिसकेका छन्। दुई खेल खेलिसकेका काठमाडौँ र चितवनले पनि दुई–दुई अंक हासिल गरेका छन्। तर जनकपुर, पोखरा र कर्णाली अहिलेसम्म अंकविहीन छन्।

आज पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ भने अघिल्लो संस्करणका उपविजेता सुदूरपश्चिम दोस्रो जितका खोजीमा हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट