Techie IT
२०८२ मंसिर ५, शुक्रबार

युएफा महिला च्याम्पियन्स लिगमा बायर्न म्युनिखको प्रभावशाली पुनरागमन


युएफा महिला च्याम्पियन्स लिगमा बायर्न म्युनिखले प्रभावशाली पुनरागमन गर्दै पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई ३–१ ले पराजित गरेको छ।

गएराति भएको खेलमा पीएसजीले खेलको १६औँ मिनेटमा साकिना कर्चाउई मार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।
पीएसजीको गोलपछि एक मिनेटमै, अर्थात् १७औँ मिनेटमा लिन्डा डल्लम्यान ले बराबरी गोल फर्काउँदै बायर्नलाई खेलमा फर्काइन्।

खेलको ३१औँ मिनेटमा मोमोको तनिकावा को गोलमार्फत बायर्नले अग्रता लिएको हो । अन्त्यतिर ८९औँ मिनेटमा जोभाना जाकोभिच ले गोल गर्दै बायर्नको जित ३–१ को फराकिलो अन्तरमा सुनिश्चित गरिन्।

त्यसैगरी गएरातिका अन्य खेलहरूको अवस्था

चेल्सी बनाम बार्सिलोना: १–१ बराबरी

रोमा बनाम ओएच लेउभेन: १–१ बराबरी



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट