Techie IT
२०८३ वैशाख १०, बिहीबार

एनपीएलः आज कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने, कर्णाली लाई जित्नैपर्ने दबाव


त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्। खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले चार खेलमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीका लागि प्लेअफको आशा जोगाइराख्न आजको खेल अनिवार्य जित्नुपर्ने छ।

उता, करण केसीको नेतृत्वमा रहेको काठमाडौं गोर्खाज पाँच मध्ये सबै खेलमा विजयी हुँदै तेस्रो स्थानमा उक्लिएको छ। प्लेअफमा स्थान पक्का गर्न काठमाडौंका लागि पनि आजको खेल बराबर महत्त्वपूर्ण मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट