नेपाल क्रिकेट संघले सार्वजनिक गर्यो २०२६ को क्यालेन्डर
नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले यस वर्ष नेपालमा घरेलु र अन्तर्राष्ट्रिय खेलहरू निरन्तर हुने गरी तालिका तयार पारेको हो।
यस अनुसार, वर्षभरि २८ घरेलु प्रतियोगिता आयोजना हुनेछन् भने नेपाली महिला र पुरुष टोलीले ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।
विशेषतः यस वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्न लागेको छ भने पुरुष टोली टी–२० विश्वकपमा पनि सहभागि हुनेछ।




तपाईको प्रतिक्रिया दिनुहोस