Techie IT
२०८२ माघ ४, आइतबार

महिला टी–२० विश्वकप छनोट: नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य


काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसामु १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको थाइल्यान्डविरुद्ध नेपाली महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा १२२ रन बनाउँदा अलआउट भयो।

पावर प्लेमा राम्रो सुरुवात गरे पनि मध्यक्रम सम्हाल्न नसकेको नेपाली टोलीले ५.४ ओभरमा ५२ रन बनाएको थियो।

ओपनर सम्झना खड्काले ११ बलमा ६ चौकासहित २६ रन बनाउँदै क्याच आउट भइन्। अर्की ओपनर विन्दु रावलले ५६ बलमा ४४ रन बनाइन्, जसमा ६ चौका समावेश छन्। यो विन्दुको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो; यसअघि उनको सर्वाधिक स्कोर २८ रन थियो।

रुविना क्षेत्रीले १० बलमा २ छक्का र १ चौकासहित १७ रन बनाइन्। पूजा महतो १२ रनमा, इन्दु बर्मा ६ रनमा, कविता कुवँर २ रनमा रनआउट, सीता रानामगर शून्य रनमा आउट भइन्। रिया शर्माले ४ रन बनाइन् भने सुमन विष्ट शून्य रनमा आउट भइन्। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्।

थाइल्यान्डका लागि चिपात्चा पुथावंगले २ विकेट लिइन्। चनिदा पुथ्थावोङ, सुनिपोन लाओमी र सुनिदा चतुरोग्राटानाले समान रूपमा १–१ विकेट लिए।

थाइल्यान्डले अब निर्धारित लक्ष्यतर्फ जवाफी ब्याटिङ गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट