Techie IT
२०८२ माघ २५, आइतबार

नेपाल–इंग्ल्यान्ड खेल हेर्ने काठमाडौं महानगरपालिकाले गर्‍यो ठूला स्क्रिनको व्यवस्था


काठमाडौं महानगरपालिकाले आइसिसी टी–२० विश्वकप अन्तर्गत आइतबार भइरहेको नेपाल र इंग्ल्यान्डबीचको खेल राजधानीका विभिन्न स्थानमा प्रत्यक्ष प्रसारण गरिरहेको छ।

महानगरपालिकाले टुँडिखेल, तीनकुने, सिफल चउर, न्यूरोडस्थित जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली र नन्दीकेशर बगैंचामा ठूला स्क्रिन जडान गरी सर्वसाधारणका लागि खेल हेर्ने व्यवस्था मिलाएको हो।

भारतको मुम्बईमा जारी खेलमा समाचार तयार पार्दासम्म नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले छैटौँ ओभरको पहिलो बलमा टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पारेका हुन्। यसअघि ४.३ ओभरमा नन्दन यादवले इंग्ल्याण्डका कप्तान जोस बट्लरलाई विकेटकिपर आशिफ शेखमार्फत क्याचआउट गराउँदै दोस्रो विकेट दिलाएका थिए।

नन्दनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। यसअघि दोस्रो ओभरको पहिलो बलमा नेपालका शेर मल्लले ओपनर फिल सल्टलाई आउट गरेका थिए।

सात ओभरको समाप्तिमा इंग्ल्याण्डले तीन विकेट गुमाउँदै ६४ रन बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट