Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

काभा महिला भलिबलको फाइनल दौडबाट बाहिरियो भारत


भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । प्रभावशाली प्रदर्शन गरेको काजकिस्तानले भारतलाई दबाबमा राख्दै सहज जित निकालेर फाइनलमा स्थान सुरक्षित गर्‍यो । यससँगै काजकिस्तान उपाधिनजिक पुगेको छ भने भारतको यात्रा सेमिफाइनलमै टुंगिएको छ ।

अब दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच साँझ ५ बजे प्रतिस्पर्धा हुँदैछ । इरान नेपालका लागि बलियो तथा चुनौतीपूर्ण प्रतिद्वन्द्वीका रूपमा रहेको छ । नेपाल घरेलु समर्थकको साथमा इतिहास रच्ने लक्ष्यसहित कोर्टमा उत्रिने तयारीमा छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट