Techie IT
२०८३ असार ४, बिहीबार

FIFA2026

मेस्सीको ह्याट्रिकपछि अब पालो रोनाल्डोको, आज राति पोर्चुगल र कंगो डीआर भिड्दै

मेस्सीको जादुमयी प्रदर्शनपछि विश्वभरका फुटबल समर्थकहरूको नजर अब रोनाल्डोतिर तेर्सिएको छ


फिफा विश्वकप फुटबल अन्तर्गत आज राति उपाधि दाबेदार पोर्चुगल र कंगो डीआर (डेमोक्रेटिक रिपब्लिक अफ कंगो) बीच रोचक भिडन्त हुँदैछ । समूह 'के' मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । विश्वकपको इतिहासमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

फिफा वरीयताको पाँचौँ स्थानमा रहेको बलियो पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र रुबेन डियाजजस्ता विश्वप्रसिद्ध खेलाडीहरू छन् । ४१ वर्षीय भेट्रान फरवार्ड रोनाल्डो आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् । करियरको उत्तरार्धमा रहेका रोनाल्डोका लागि ऐतिहासिक विश्वकप उपाधि जित्ने यो अन्तिम अवसर समेत हुन सक्छ ।

अर्कोतर्फ, फिफा वरीयताको ४५औँ स्थानमा रहेको कंगो डीआर झन्डै ५२ वर्षपछि विश्वकपको मञ्चमा फर्किएको हो । यसअघि सन् १९७४ मा तत्कालीन 'जायर' को नामबाट विश्वकप खेलेको कंगोको पुनरागमनलाई फुटबल वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

मेस्सीको ह्याट्रिकपछि रोनाल्डोमाथि दबाब
यसअघि आजै बिहान सम्पन्न खेलमा अर्का फुटबल लिजेन्ड लियोनल मेस्सीको सानदार ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरिसकेको छ । मेस्सीको जादुमयी प्रदर्शनपछि विश्वभरका फुटबल समर्थकहरूको नजर अब रोनाल्डोतिर तेर्सिएको छ । लामो समयदेखि एकअर्काका कडा प्रतिस्पर्धी मानिएका यी दुई खेलाडीमध्ये मेस्सी चम्किसकेकाले रातिको खेलमा रोनाल्डोले पनि उस्तै धमाकेदार प्रदर्शन गर्ने अपेक्षा समर्थकहरूले राखेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट