एसिसी प्रिमियर कप: नेपालसामू जितका लागि १९१ रनको लक्ष्य
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपअन्तर्गत जारी खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस जीतेर पहिलो ब्याटिङ रोजेको साउदी अरेबियाले ४९ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो।
शुरुवातमा राम्रो ब्याटिङ प्रदर्शन गरेको साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको उत्कृष्ट इनिङ खेले। ८९ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे। त्यस्तै, मुहम्मद आतिफले ६८ बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे भने मोहम्मद हिशाम शेखले २८ रन बनाए। उनीहरू बाहेक साउदीका अन्य ब्याट्सम्यानहरू नेपाली बलरसामू टिक्न सकेनन्।



तपाईको प्रतिक्रिया दिनुहोस