Techie IT
२०८२ असार २०, शुक्रबार

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु


सुनसरी । नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ ।     
    
प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही असार ३० गते समापन हुनेछ ।     
    
नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट