Techie IT
२०८२ भाद्र १८, बुधबार

गेटामा डा. केसीको सत्याग्रह: मेडिकल विश्वविद्यालय सञ्चालनदेखि लिपुलेक फिर्तासम्म माग


मेडिकल विश्वविद्यालय सञ्चालनलगायत चारबुँदे माग गर्दै डा. गोविन्द केसीले कैलालीको गेटामा सत्याग्रह सुरु गरेका छन् । पत्रकार सम्मेलन गरेर डा. केसीले गेटा अस्पतालमा तीनदिने सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन् ।

डा. केसीले गेटामा सहिद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालन गर्न, निजी मेडिकल कलेजको सिटसंख्या वृद्धिको निर्णय खारेज गर्न, स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेका छन् । त्यस्तै, विगतको सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग डा. केसीले अघि सारेका छन् । त्यस्तै

भारत सरकारसँग कुरा गरेर अतिक्रमित नेपाली भूमि लिपुलेक फिर्ता ल्याउन डा. केसीले सरकारसँग माग गरेका छन् । त्यस्तै युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न डा. केसीले रुस र इजरायलसँग माग गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै केसीको यो २३औँ सत्याग्रह हो । गेटाकै विषयमा यसअघि उनले तीनपटक सत्याग्रह गरेका थिए । पत्रकार सम्मेलनमा उनले गेटा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न र पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न माग गरे । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट