Techie IT
२०८२ मंसिर ४, बिहीबार

गेटामा ६०० शय्याको अस्पताल तत्काल सञ्चालन गर्न माग


कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ। यसै वर्षदेखि एमबीबीएस अध्यापन सुरू गर्नुपर्ने मागसहित विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ।

समितिले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “७७ विघा जग्गामा सात अर्बभन्दा बढी लगानीमा स्थापित विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन गरियोस्। विश्वविद्यालयमा यसै वर्षदेखि एमबीबीएस अध्ययन/अध्यापन प्रारम्भ गरियोस्।”

समितिका संयोजक लोकराज पाण्डेले विश्वविद्यालयको ऐन कार्यान्वयन प्रक्रियाअन्तर्गत बाँकी रहेका विश्वविद्यालयसभा सदस्य तत्काल मनोनीत गरी सभालाई पूर्णता दिनुपर्ने माग पनि गरिएको बताए। वर्तमान सरकारले विश्वविद्यालय सभासदस्य र उपकुलपति तथा रजिस्ट्रार सिफारिस समिति गठन गरेकोमा समितिले धन्यवाद समेत व्यक्त गरेको छ।

साथै, समितिले उपकुलपति, रजिस्ट्रारसहित अन्य महत्वपूर्ण पदपूर्तिमा निष्पक्षता अपनाउन आग्रह गरेको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले उपकुलपति र रजिस्ट्रार नियुक्ति छिट्टै हुने प्रक्रियामा रहेको बताए। उनले “केही समयमै अहिले सञ्चालनमा रहेको अस्पताल शिक्षा मन्त्रालयलाई हस्तान्तरण हुने” जानकारी दिँदै यही शैक्षिक सत्रभित्र अध्यापन सुरु भई पूर्ण क्षमताको अस्पताल सञ्चालनमा आउने विश्वास दिलाएको पाण्डेले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट