Techie IT
२०८३ असार २१, आइतबार

नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशसभाको दल नेतामा खगराज भट्ट सर्वसम्मत


सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समायोजन भएको छ। साबिक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो।

बैठकले खगराज भट्टलाई नेकपाको दलको नेताका रूपमा चयन गर्ने निर्णयसमेत गरेको छ। भट्ट यसअघि साबिक नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता थिए।

दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ। समितिमा ओमविक्रम भाट ‘सरल’, रमेशसिंह धामी, खुसीराम चौधरी, इन्द्रिरा गिरी र माया पन्त सदस्य रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट