Techie IT
२०८३ भाद्र २१, आइतबार

आकार बढाएर सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै


सुदूरपश्चिम प्रदेश सरकारले आज (मंगलबार) आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएर नयाँ बजेट ल्याउने तयारी गरेको हो।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न बस्ने बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भइसकेको छ। बजेट सार्वजनिक हुनुअघि आर्थिक मामिला मन्त्रालयसहितका सम्बद्ध निकायहरूमा अन्तिम तयारीलाई तीव्र पारिएको छ।

केही दिनअघि मात्रै मन्त्रिपरिषद् पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालयसहित तीनवटा मन्त्रालयको नेतृत्व परिवर्तन भएको थियो। नवनियुक्त आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले पदभार ग्रहण गरेलगत्तै बजेटका कतिपय प्राथमिकता र पुराना कार्यक्रमहरूमाथि व्यापक पुनरावलोकन (काँटछाँट) गरेका छन्।

नेतृत्व परिवर्तन र नीतिगत हेरफेरका बीच आउन लागेको यो बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व परिचालन र पूर्वाधार निर्माणका योजनालाई कसरी दिशानिर्देश गर्छ भन्ने कुरालाई चौतर्फी चासोका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट