Techie IT
२०८३ भाद्र २१, आइतबार

यी हुन् शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हराएका महिलाहरु, खोज्न सेना परिचालन


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिलाहरू आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका उनीहरू आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएका हुन्।

सम्पर्कविहीन हुनेहरूमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्। उनीहरू निकुञ्जको मालुमेला पोष्ट नजिकबाट भित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूसँगै गएका अन्य ३ जनाले परिवारलाई फोन गरेर जानकारी गराएपछि प्रहरीले उनीहरूको भने सकुशल उद्धार गरिसकेको छ।

बेपत्ता महिलाहरूको खोजीका लागि निकुञ्जमा तैनाथ नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली व्यापक रूपमा खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट