Techie IT
२०८२ असार १, आइतबार

सुदूरपश्चिम प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, सांसदलाई छुट्टै योजना


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज असार १ गते, आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्ने भएको छ । संविधानअनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आइतबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक सर्वेक्षणअनुसार हालसम्म जम्मा ८ अर्ब ७९ करोड ५१ लाख मात्रै खर्च भएको छ । चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख बचत देखिएको छ भने तीन अर्ब ८५ लाख ६६ हजार घाटा राजस्व संकलन भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

सांसदहरूलाई छुट्टै योजना वितरण
प्रदेश सरकारले आगामी बजेटमा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यलाई पाँच करोड र समानुपातिक सदस्यलाई तीन करोड बराबरका योजना छुट्टयाउने निर्णय गरेको छ । यसअन्तर्गत ५२ जना प्रदेश सभा सदस्यलाई करिब दुई अर्ब १८ करोड बराबरका योजना वितरण गरिनेछ ।

यस किसिमको योजना वितरण अघिल्लो वर्षहरूमा अदालतले खारेज गरिसकेको ‘पूर्वाधार विकास कार्यक्रम’ शैलीमै गरिएको देखिन्छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट