Techie IT
२०८२ श्रावण १२, सोमबार

५ वर्षपछि भारतले फेरि खोल्यो चिनियाँ पर्यटकका लागि भिसा सेवा


भारत सरकारले पाँच वर्षपछि चिनियाँ पर्यटकलाई फेरि भिसा दिन सुरु गर्ने भएको छ । कोरोना महामारी र त्यसपछिको सीमा विवादका कारण रोकिएको यो सेवा अब पुनःसञ्चालनमा आउन लागेको हो ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार भारतले पर्यटक भिसा सुविधा २४ जुलाई २०२५  देखि फेरि लागू गर्ने जनाएको छ । बेइजिङस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल वेइबोमार्फत यसको पुष्टि गरेको छ ।

सन् २०२० मा गलवान उपत्यकामा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । त्यस यता भारतले चिनियाँ नागरिकका लागि पर्यटक भिसा बन्द गरेको थियो ।

तर अहिले सम्बन्धमा केही सुधारको संकेतस्वरूप भारतले फेरि भिसा प्रक्रिया खोल्ने निर्णय गरेको हो । अब चिनियाँ नागरिकले भारत भ्रमणका लागि अनलाइन आवेदन फारम भरेर भिसाका लागि अपोइन्टमेन्ट लिन सक्नेछन् ।

आवेदनकर्ता चिनियाँ नागरिकले राहदानी र आवश्यक कागजातसहित भिसा केन्द्रहरू—बेइजिङ, सांघाई र ग्वाङ्झाउ—मा गई आवेदन दिनुपर्नेछ । यी भिसा केन्द्रहरू दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा अवस्थित छन् ।

यस निर्णयसँगै दुई देश बीचको कूटनीतिक सम्बन्धमा सुधार आउने आशा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट