Techie IT
२०८२ कार्तिक २२, शनिबार

पत्रकारमाथि आक्रमण गर्ने आरोपी प्रहरी इन्काउन्टरमा घाइते


भारतको राजधानी दिल्लीसँगै जोडिएको उत्तरप्रदेश नोएडाको सर्फाबाद गाउँमा कुकुरलाई बिस्कुट खुवाउने सामान्य विवादले भयावह मोड लिएको छ । 

सो घटनामा समाचार संकलन गर्ने एक पत्रकारमाथि चक्कु प्रहार गरी ज्यान लिने प्रयाससमेत गरिएको छ । यस घटनाका आरोपीलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरिएको बताएको छ । आरोपीमाथि हत्या प्रयाससहितका गम्भीर मुद्दाहरूमा कानुनी कारबाही अघि बढाइएको छ।

घटनाको विवरण अनुसार निजी अखबारमा कार्यरत फोटो पत्रकार प्रमोद शर्मा सोमबार साँझ कार्यालयबाट घर फर्कँदै थिए । उनी सर्फाबादस्थित आफ्नो घर अगाडि कारभित्र थिए, त्यतिकैमा दीपक नामका युवकले कारको झ्यालबाट हात भित्र हाल्दै चक्कु प्रहार गरे । चक्कु घाँटी मुनि लागेकोले ज्यान जोगिएको भए पनि प्रमोद गम्भीर घाइते भए।

घटना स्थलमा सेक्टर ११४ थानाका प्रहरी अधिकारीहरु पुगेर घाइते पत्रकारलाई तत्काल अस्पताल पुर्‍याएका थिए । आक्रमणको खबर फैलिना साथ इलाकामा सनसनी फैलियो र जिल्ला अस्पतालमा ठूलो संख्यामा पत्रकारहरु भेला भएका थिए । प्रहरीका वरिष्ठ अधिकारीहरूसमेत घटनास्थलमा पुगेका थिए ।

आक्रमणपछि आरोपी दीपक फरार भएको थियो । उसको खोजीमा सर्फाबाद चौकीका प्रभारी विशाल गुप्ताको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । राति चेकिङको क्रममा एक मोटरसाइकल सवारलाई रोकिने प्रयास गर्दा उनले प्रहरी माथि गोली चलाएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर घाइते युवक नै दीपक भएको पुष्टि भयो ।

प्रहरीको अनुसन्धानमा दीपकमाथि पहिल्यैदेखि लगभग एक दर्जन आपराधिक मुद्दा दर्ता भएको खुलेको छ । हाल उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पत्रकार प्रमोद शर्मालाई भने अस्पतालबाट मंगलबार डिस्चार्ज गरिएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताएको छ भने आरोपीविरुद्ध हत्या प्रयास, हातहतियार प्रयोगलगायत गम्भीर मुद्दाहरूमा मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट