Techie IT
२०८२ श्रावण २८, बुधबार

अमेरिका–भारत तनावबीच डोभालको रुस यात्रा: संयोग कि रणनीतिक सन्देश?


अमेरिका र भारतबीच बढ्दो तनाव, र रुसप्रति अमेरिकाको कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल हाल रुसको भ्रमणमा छन्।

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी चुनावका प्रत्यासी डोनाल्ड ट्रम्पले भारतमाथि रुसी तेल र रक्षा उपकरण खरिदबारे सार्वजनिक रूपमा आलोचना गरिरहेकै बेला डोभालको यो भ्रमण रणनीतिक रूपमा विशेष महत्वको रुपमा हेरिएको छ।

अब प्रश्न उठेको छ—के डोभालको मस्को यात्रा संयोग मात्र हो? वा ट्रम्पको टिप्पणी र युक्रेन युद्धमा पुटिनलाई दिइएको अमेरिकी दबाबको सन्दर्भमा भारतको एक किसिमको रणनीतिक जवाफ?

स्रोतहरूका अनुसार, डोभालको भ्रमण बहुपक्षीय उद्देश्य बोकेको छ। एकातर्फ भारत–रुसबीच रक्षा सहकार्य र ऊर्जा सुरक्षासम्बन्धी गम्भीर वार्ताहरू हुनेछन् भने, अर्कोतर्फ भारतले विश्वव्यापी दबाबको बीचमा पनि आफ्नो रणनीतिक हितबाट पछि नहट्ने सन्देश दिन खोजेको देखिन्छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, डोभालले रुसी शीर्ष सुरक्षा अधिकारीहरूसँग  बैठकहरू गर्ने छन्। ती बैठकमा क्षेत्रीय स्थायित्व, आतंकवाद विरोधी सहकार्य र ऊर्जा आपूर्तिजस्ता संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यिनै मुद्दाहरू प्रति अमेरिकाले भारतप्रति चासो राख्दै आएको छ।

भारतले पहिलेदेखि नै स्पष्ट पार्दै आएको छ उसको विदेश नीति र ऊर्जा नीति पूर्ण रूपमा राष्ट्रिय हितमा आधारित हुन्छ, बाह्य दबाबमा होइन। यता डोभाल मस्को पुगेको केही समयपछि ट्रम्पले पनि आफ्ना दूतहरू रुस पठाउने तयारी गरेको समाचार बाहिर आएको छ, यसले यो कूटनीतिक दौडलाई थप रोचक बनाइदिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट