पार्क गरिएको विमानसँग अर्को विमान ठोक्किँदा आगलागी

अमेरिकाको मोन्टाना राज्यस्थित एक विमानस्थलमा अवतरण गर्ने क्रममा सानो विमान जमिनमा पार्क गरिएको विमानसँग ठोक्किँदा आगलागी भएको छ। घटनामा दुई जना सामान्य रूपमा घाइते भएका छन्।
स्थानीय मिडियाका अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रप विमान मोन्टानाको कालिस्पेल शहरको दक्षिणी भागमा रहेको विमानस्थलमा अवतरण गर्ने क्रममा पार्क गरिएको खाली विमानसँग ठोक्किएको थियो। ठोक्किएपछि विमानमा आगो लागेर नजिकको घाँसे क्षेत्रमा समेत फैलिएको र आकाशमा कालो धुवाँको मुस्लो देखिएको बताइएको छ।
आगलागीपछि तत्कालै उद्धार टोली घटनास्थल पुगेको र आगो नियन्त्रणमा लिएको थियो। विमानमा सवार पाइलट र तीन यात्रु समयमै बाहिर निस्कन सफल भएका थिए। घटनामा दुई यात्री सामान्य रूपमा घाइते भए पनि कुनै गम्भीर क्षति नभएको अधिकारीहरूले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस