Techie IT
२०८२ असोज ७, मंगलबार

संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्पको लामो र विवादास्पद सम्बोधन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा निर्धारित समयभन्दा तीन गुणा बढी बोलेर आप्रवासन, जलवायु परिवर्तन, गाजाको युद्ध र अन्तर्राष्ट्रिय संस्थाहरूविरुद्ध कडा टिप्पणी गरेका छन् ।

ट्रम्पले ‘अवैध आप्रवासन’लाई देशहरू नष्ट गरिरहेको आरोप लगाउँदै यसविरुद्धको आफ्नो अडान दोहोर्‍याएका छन् । उनले अवैध आप्रवासी पक्राउ गरेको भन्दै एल साल्भाडोरलाई धन्यवाद दिए । साथै संयुक्त राष्ट्रसंघकै निकाय (जस्तै अन्तर्राष्ट्रिय आप्रवासन संगठन–आईओएम) ले अवैध आप्रवासीलाई खाद्यान्न, आश्रय, यातायात र डेबिट कार्ड उपलब्ध गराएको दाबी गर्दै पश्चिमी मुलुकको सिमानामाथि आक्रमणलाई नै वित्तपोषण गरेको आरोप पनि लगाए ।

ट्रम्पले तीन महिनाअघि ‘अपरेशन मिडनाइट ह्यामर’ अन्तर्गत अमेरिकी बी–टू बमवर्षकले ईरानका प्रमुख आणविक केन्द्रहरूमा आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको दाबी गरेका छन् । तर, अमेरिकी रक्षा मूल्याङ्कनले उक्त आक्रमणले ईरानको आणविक क्षमता केही महिना मात्र पछाडि धकेलेको जनाएको छ ।

इजरायलको समर्थनमा उभिँदै  उनले गाजामा तत्काल युद्ध रोक्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै इजरायल–हमासबीच शान्ति वार्ता अनिवार्य रहेको बताउँदै २० जना बन्धक र ३८ जना मृतकको शव फिर्ता गर्न माग गरे । उनले हमासले वार्ताका “उचित प्रस्तावहरूलाई बारम्बार अस्वीकार गरेको” आरोप लगाए, जसलाई हमासले नकार्दै आएको छ ।

जलवायु परिवर्तन वारे : ट्रम्पले यसलाई ‘संसारकै सबैभन्दा ठूलो ठगी’ र ‘कार्बन फुटप्रिन्ट ठूलो झूट’ भन्दै ‘नक्कली ऊर्जा प्रकोप’ को संज्ञा दिएका छन् ।

लन्डनका मेयर : उनले लन्डनका मेयर सादिक खानलाई ‘डरलाग्दा मेयर’ भन्दै शरिया कानुन लागू गर्न खोजेको आरोप लगाएका छन् । यो दाबी खानले बारम्बार अस्वीकार गर्दै आएका छन् ।

युक्रेन युद्ध : ट्रम्पले युक्रेन युद्ध सजिलै समाधान हुने अपेक्षा गरे पनि सफल नभएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सधैं राम्रो सम्बन्ध रहे पनि ठोस उपलब्धि हासिल नभएको उल्लेख गरे । युद्ध रुसकै लागि पनि लाभदायक नभएको उनको भनाइ थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट