Techie IT
२०८२ माघ २९, बिहीबार

एउटै माफिया परिवारका ११ जनालाई मृत्युदण्ड


चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा चीनको अदालतले माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। यो समाचार बीबीसीले उद्धृत गर्दै प्रकाशित गरेको छ।

परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ। अन्य धेरै सदस्यहरूलाई लामो जेल सजाय सुनाइएको छ।

चीनको माफिया परिवार म्यानमारको सानो सहर लौक्काईमा चार प्रमुख घरानामध्ये एकको लागि काम गर्दै आएको थियो। म्यानमार–चीन सीमा नजिकै रहेको यो सहर जुवा, लागूपदार्थ र असंख्य घोटाला केन्द्रहरूको केन्द्र बनेको छ। २०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्दा धेरै सदस्य पक्राउ गरेर चिनियाँ अधिकारीहरूलाई हस्तान्तरण गरेको थियो।

चीनको सरकारी टिभी च्यानल CCTV का अनुसार, उत्तरी सहर वेन्झाउको अदालतले सोमबार माफिया परिवारका कुल ३९ सदस्यलाई विभिन्न सजाय सुनाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट