Techie IT
२०८३ असार २९, सोमबार

अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिर, सिंगापुर फेरि पहिलो


अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा झरेको हो।

पासपोर्ट इन्डेक्सले पछिल्ला २० वर्षमा पहिलोपटक अमेरिका शीर्ष १० बाट बाहिरिएको तथ्य उल्लेख गरेको छ। हाल अमेरिकी पासपोर्टधारी नागरिकले २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छन्।

इन्डेक्स अनुसार, सिंगापुर विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देश बनेको छ। दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रो स्थानमा जापान रहेका छन्।

त्यस्तै, भारतको पासपोर्ट ७७औँ स्थानमा पुगेको छ भने नेपालको पासपोर्ट १०१औँ स्थानमै यथावत् रहेको छ। भारतले ५९ देशमा अन-अराइभल भिसा सुविधा पाउँछ भने नेपालले ३६ देशमा मात्रै यो सुविधा प्राप्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट