हङकङको आवासीय भवनमा आगलागीमा लापरबाही गरेको आरोपमा १३ जनालाई पक्राउ
हङकङको वाङ फुक कोर्टमा भएको आगलागी प्रकरणमा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत घटनाबारे जानकारी दिएका हुन्।
प्रहरीका अनुसार आगलागीको विस्तृत अनुसन्धान जारी छ र आवश्यक परे थप व्यक्तिलाई पनि पक्राउ गर्न सकिने सम्भावना रहेको छ।
आगो लागेको भवनबाट संकलित २० वटा निर्माण जालीको नमुनामध्ये ७ वटाले आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पूरा नगरेको जाँचमा पुष्टि भएको अधिकारीहरूले बताए। कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको प्रारम्भिक निष्कर्षसमेत आएको छ।
आगलागीमा परी हालसम्म १५१ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस