Techie IT
२०८२ पौष ७, सोमबार

तेल ट्याङ्कर कब्जापछि अमेरिका–भेनेजुएला तनाव झन् चर्कियो


अमेरिकाले भेनेजुएलाको तट नजिकै फेरि अर्को तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएको यो दोस्रो घटना हो ।

यसअघि गत डिसेम्बर १० मा पनि अमेरिकाले एक तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । उक्त घटनालाई भेनेजुएला सरकारले ‘समुन्द्री डकैती’ भन्दै अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घनको संज्ञा दिएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला आउने–जाने प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी गर्न आदेश दिएपछि अमेरिकी सेना आक्रामक रूपमा प्रस्तुत भएको हो । ट्रम्पले हालै दिएको एक अन्तर्वार्तामा आगामी दिनमा पनि थप तेल ट्याङ्करहरू नियन्त्रणमा लिने अभियान जारी रहने चेतावनी दिएका छन् ।

यस कदमले वासिङ्टन र काराकासबीचको कूटनीतिक तथा सामरिक तनावलाई थप चर्काएको छ । मुख्य रूपमा तेल निर्यातमा निर्भर रहेको भेनेजुएलाको अर्थतन्त्रमा यस घटनाले गम्भीर असर पर्ने विश्लेषण गरिएको छ ।

भेनेजुएला सरकारले अमेरिकाको यस कदमलाई स्पष्ट चोरी भन्दै अन्तर्राष्ट्रिय समुन्द्री नियमहरूको धज्जी उडाउने कार्य भएको प्रतिक्रिया दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट