Techie IT
२०८३ असोज १७, शनिबार

पूर्वसभापति देउवा र नेतृ आरजु राणा वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन


नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र केन्द्रीय नेतृ डा. आरजु राणा देउवा पार्टीको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

पूर्वसभापति देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। उनीसहितका नेताहरूले वारेसनामामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएको बताइएको छ।

त्यसैगरी, कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीबाट महिला खुलातर्फ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्। शुक्रबार अबेर राति सम्पन्न वडा अधिवेशनमा राणाले रमेशकुमार चन्दको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी थिइन्।

कांग्रेसको संस्थापन इतर पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो। यसअघि कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। तर, पार्टीले विधान संशोधन गर्दै केन्द्रीय तहका पदाधिकारी तथा सदस्यसमेत अनिवार्य रूपमा वडाबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरेको छ। सोही संशोधित विधानअनुसार देउवा र राणा दुवै वडा तहबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट